IME Life
Beema Board

एकैदिन १३ कम्पनीमा सर्किट ! ४३ अंकले बढ्यो सूचांक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार अर्को उछाल आउँदै ४३ अंकले नेप्से परिसूचक बृद्धि भएर १५४५ पुगेको छ । विगत एक सातादेखि दुई अर्बमाथि कारोबार हुँदै आएकोमा मंगलबार पनि झण्डै तीन अर्ब कारोबार भएको छ ।

Prabhu
Crest

सोमबार ठूलो अंकले बृद्धि भएर कारोवार सुरु हुँदा घटेको नेप्से मंगलबार भने सोमबारको इतिहास नदोरिई नयाँ उचाई कायम राख्न सफल भएको छ । मंगलबार एकै दिन तीन वटा कम्पनीको कारोबारमा सर्किट लाग्यो भने अन्य १० वटा कम्पनी शेयर मूल्य नौ प्रतिशतभन्दा बढि बृद्धि भएर झण्डै झण्डै सर्किट लाग्ने अवस्थामा पुग्यो । मंगलबार गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टीलरी कम्पनी र स्वदेशी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार सर्किक लागेर प्रभावित भयो भने युनिलिभरको मूल्य ९.९९ प्रतिशत बृद्धि भयो । त्यस्तै नौ प्रतिशतभन्दा माथि अन्य नौ वटा कम्पनीको मूल्य बृद्धि भएको छ । शिखर इन्स्योरेन्स, नेशनल लाईफ, एलआईसी नेपाल, नेशनल हाईड्रोपावर, अरुणभ्याली हाईड्रोपावर, अपि हाईड्रोपावर, राधी विद्यतु कम्पनीलगायतका रहेका छन् ।

मंगलबारको कारोबार अनुसार पाँच वटा कम्पनीको शेयर मूल्य आठ प्रतिशतले बृद्धि भएको छ । रोचक कुरा के छ भने जम्मा नौ वटा कम्पनीको मूल्य शेयर मूल्य घटेको छ । मंगलबार सबैभन्दा धेरै जीवन बीमा कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, अन्यको छ प्रतिशत, व्यापार जलविद्युत र निर्जिवन बीमा कम्पनीको समग्र मूल्य सूचांक चार प्रतिशतले बृद्धि भएको छ । मंगलबार दुई अर्ब ९९ करोड २१ लाख ६० हजार २५४ रुपैयाँको कारोबार भएको छ । १८० वटा कम्पनीको ७० लाख कित्ता भन्दा बढि शेयरहरु २६ हजार भन्दा बढि कारोबारबाट खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS