सूर्या लाइफको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ५५ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन हो ।

एनआइसी एसिया बैंकको आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर फागुन ५ गतेबाट बिक्री खुला गरेको हो । शेयरधनीले यसमा २ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुन पाउने छन् ।

यसमा न्यूनतम १०० कित्ता र १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एनआइसी एसिया क्यापिटलको विभिन्न शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार