IME Life
Beema Board

वाणिज्य बैंकले साथ दिँदा नेप्सेमा ऐतिहासिक रेकर्ड, कारोवार रकम ३ अर्ब ६० करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा कारोवार रकम ३ अर्ब नाघेको छ । आज शेयर कारोबार रकम ३ अर्ब ६० करोडभन्दा धेरै भई नयाँ रेकर्ड कायम गरेको हो । नेप्से ६९ दशमलव ५६ अंकले बढेर १५०४ दशमलव १४ को विन्दुमा कायम भएको छ ।
आज सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै बैंकिङ र ट्रेडिङ समुह बढेका छन् । शेयर बजारमा सबैभन्दा धेरै हिस्सा रहेको बैंकिङ समुह धेरै बढेकाले शेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । बैंकिङ समुह ७ दशमलव १५ प्रतिशतले बढेको छ भने ट्रेडिङ ८ दशमलव २५ प्रतिशतले बढेको छ ।
आज दिनभरिमा १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको १२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टीलरीको १० करोडमाथिको कारोबार भएको छ । ग्रमीण विकास लघुवित्त, नागरिक लगानी कोष, प्रभु बैंक र एनआइसी एशिया बैंकको ९ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंका लगानीर्काले सबैभन्दा धेरै ९ दशमलव ९६ प्रतिशतका दरले कमएका छन् । एनएमबि बैंक, स्वदेशी लघुवित्त, मेगा बैंक, कालिका माइक्रो क्रेडिट, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, आइसीएफसी फाइनान्स लगायतका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।

सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् । बरुण हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रानेपावर कम्पनी, जोशी हाइड्रोपावर, ओरिएण्टल होटल, नेरुडे लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS