IME Life
Beema Board

२९ अंकले बढ्यो नेप्से, साढे २ अर्बमाथिको कारोबार हुँदा बीमा र लघुवित्तको शेयरमा झम्मिए लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से २९ दशमलव ३२ अंकले बढेर १४३४ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज म्युचल फण्ड र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स समुह ६ दशमलव ३५ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समुह ५ दशमलव ५५ प्रतिशतले र जीवन बीमा समुह ४ दशमलव ७६ प्रतिशतले बढेका छन् ।

आज दिनभरिमा १ सय ८० कम्पनीको ५८ लाख २९ हजार ५ सय १० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको १७ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको १० करोडमाथिको कारोबामर भएको छ भने ग्रामीण विकास लघुवित्तको ११ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने राद्यी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS