IME Life

मेट लाइफद्धारा ह्याबिट्याट फर ह्युम्यानिटिलाई पुननिर्माणमा सहयोग

SPIL
NIC ASIA

काठमाण्डौँ । मेटलाईफ नेपालले ह्याबिट्याट फर ह्युम्यानिटिलाई सहयोग गरेको छ । संस्थाका एक सय तीस जना कर्मचारीहरुले माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका हुन् ।

स्वयंसेवीको टोलीमा मेट लाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठसंगै हेड अफ अपरेसन, राम कुमार यादव सामेल भएका थिए। समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसंगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए ।

Prabhu
Crest

मेट लाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१९ मा मेटलाइफका ८,१०० भन्दा बढि स्वयंसेवीले एसियाका ९ देशमा २५,००० भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।

सन् १९७६ देखि ह्याबिट्याट फर ह्युम्यानिटि सञ्चालन भएको हो । आवास उपलब्ध गराउने यो संस्था विश्वकै प्रमुख गैर नाफामुलक संस्थाको रुपमा विकसित भई ७० भन्दा बढि देशमा काम गरिरहेको छ ।

सन् १९८३ देखि एसिया प्रशान्त क्षेत्रमा ह्याबिट्याट फर ह्युम्यानिटिले ३.५ मिलियन भन्दा बढि मानिसहरुलाई आवास बनाउन वा सुधार गर्न सहयोग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS