काठमाडौं । बीमा कम्पनीहरुले एउटै बीमालेखमा श्रीमान् र श्रीमती बीमा गर्न नपाउने भएका छन् । समितिले वुधवार एक सूचना जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
एउटै बीमालेखबाट श्रीमान् र श्रीमतीको बीमा गराउदा विभिन्न समस्या आएको भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।
दम्पति बीमामा समस्या नै समस्या, नियमन गर्ने योजनामा बीमा समिति
बीमा कम्पनीहरुले दम्पती बीमा योजना सुरु गरेको एक वर्ष पनि नपुग्दै दम्पति बीमाको चर्को दुरुपयोग सुरु भएको थियो । दम्पती बीमा योजना शुरु भएको केही समयमा नै दम्पति बीमालेखको दुरुपयोग बढेको भन्दै बीमा समितिले कडाई गर्ने तयारी समेत गरेको थियो ।
तर, आज समितिले एक परिपत्र जारी गर्दै पती पत्नीको सुरक्षण लाभ समावेश नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरुले पहिला नै जारी गरिसकेका बीमालेखहरुको सम्बन्धमा भने समितिले केही खुलाएको छैन् ।