IME Life
Beema Board

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा फाल्गुण २४ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फाल्गुण २४ गते शनिवार २२ औ बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको फल्गुण १ गते बसेको ८७ औ संचालक समितिको बैठकले लैनचौर बैंक्वेट काठमाडौंमा साधारणसभा बोलाएको हो ।

उक्त सभाले चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ।

Prabhu
Crest

उक्त सभामा आर्थिक बर्ष २०७५।७६ को लेखापरिक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब किताब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने र आर्थिक बर्ष २०७६।७७ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षणले सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने बिषयमा छलफल हुने भएको छ।

साथै, सभामा कम्पनीको जारी तथा चुक्ता पुँजीको अनुपात संस्थापक शेयरधनी समूह तर्फ ८० प्रतिशत र सर्वसाधारण शेयरधनी समूह तर्फबाट २० प्रतिशत रहेकोमा सो संसोधन गरी संस्थापक शेयधनी समूह तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनी समूह तर्फ ४० प्रतिशत कायम गर्ने गरी प्रबन्धकपत्रको ७ (क) संसोधन गर्ने र कम्पनीको नियमावली नियम ३ क (१)मा संसोधन गर्ने बिषय प्रस्तुत हुने भएको छ ।

साधारण सभाका लागि कम्पनीले फाल्गुण १२ गतेदेखि शेयरधनीको दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । जसको लागि फाल्गुण ११ गतेसम्म कायम रहेको शेयरधनीले मात्र लाभांश प्राप्त गर्नुको साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS