IME Life

बलियो बन्दै एलआईसी नेपाल, जीवन बीमा कोष ६१ अर्ब माथि हुँदा व्यापार कतिले बढ्यो ?

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ६१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५४  करोड ८१ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । जगेडा कोष भने १३ प्रतिशतले घटेको छ।

समिक्षा अवधिसम्म कम्पनीले ७ करोड ६८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १७ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ।

यस अवधिसम्म कम्पनीको बीमालेख संख्या ७ लाख ५१ हजार ५ सय ०३ वटा बीमालेख जारी भएको छ । वार्षिक प्रति शेयर आम्दानी भने ७ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १३५ रुपैया ४१ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS