IME Life
Beema Board

बैंक अफ काठमाण्डूको नाफा २० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरको अधिकांश सूचकहरुमा सामान्य सुधार आएको देखिन्छ ।बैंकले पुस मसान्तसम्म्मा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको गत बर्षको सोहि अवधिमा १४ करोड ६२ लाख रुपैयाँ बढी हो । बैंकको खुद नाफा १९ दशमलव ८३ प्रतिशतले बढी हो ।

बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा सामान्य वृद्धि भएको छ। बैंकले पुस मसान्तसम्ममा ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिसम्ममा बैंकले एक अर्ब ९३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको १६ करोड ३६ लाख रुपैयाँ अर्थात ९.२५ प्रतिशत धेरै हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड २८ लाख रुपैयाँ बढेर एक अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँँ सञ्चित रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS