IME Life
Beema Board

नेपाल एसबिआइ बैंकको ऋणपत्र विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआइ बैंक लिमिटेडले आज मंगलवारदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

जसमध्ये १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट विक्री खुला गरेको हो ।

Prabhu
Crest

ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल एए’ रेटिङ प्रदान गरेको छ । बैंकको ऋणपत्रमा छिटोमा फागुन २ गते तथा ढिलोमा फागुन २८ गतेसम्म आबेदन दिन सकिनेछ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं २०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र मूल्य १००० तोकिएको छ ।

आवेदकले कुमारी क्यापिटल लिमिटेड, नेपाल एसबिआई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS