IME Life
Beema Board

आक्रामक व्यापार गर्दै नेपाल लाइफ, ६ महिनामै कुल बीमा शुल्क आर्जन १४ अर्बमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमान्डौ: नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७६/७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम पनि ३३ प्रतिशतले वृद्धि १३ अर्ब ९१ करोड पुगेको छ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष ३० प्रतिशतले घटेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष ३ अर्ब ७३ करोड रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ३७ प्रतिशतले बढेर ७७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै महाविपत्ती कोषमा ४७ करोड ५७ लाख रुपैया रहेको छ। जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको ठुलो महत्तो हुन्छ।

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३५ करोड ९ लाख खुद मुनाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा  र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कम्पनीले ३ अर्ब १९ करोड कुल दावी भुक्तानी गरेको छ भने ३ अर्ब १४ करोड खुद दावी भुक्तानी गरेको छ। त्यस्तै १ अर्ब २० करोड भुक्तानी हुन् बाँकी दावी रकम रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS