IME Life

प्राइम लाइफ र एशियन लाइफ इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमान्डौ : प्राइम लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स पुराना जीवन बीमा कम्पनीहरु हुन्। दुवै बीमा कम्पनीहरुले बीमा समितिको २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन्। दुवै कम्पनीले आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ७९ लाख रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ। बीमा  समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब हुनु पर्छ।

जगेडा कोषको आधारमा : प्राइम लाइफ इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ संचित छ भने एशियन लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४७ करोड ४४ लाख रुपैयाँ संचित छ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १० अर्ब १३ करोड हुँदा एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

बीमा शुल्क आर्जन : प्राइम लाइफले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ५९ करोड  कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी २ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : 
दोश्रो त्रैमास सम्म प्राइम लाइफले १५ करोड ६० लाख खुद मुनाफा गरेकोमा एशियन लाइफ इन्स्योरेन्सले खुद मुनाफा १२ करोड १३ लाख रुपैयाँ गरेको  छ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रकाशित रिपोर्ट अनुसार प्राइम लाईफको प्रति शेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा रहेको छ भने एशियन लाईफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी १२ रुपैयाँ ०७ पैसा रहेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा  र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नोट : प्रति शेयर आम्दानीलाई वार्षिककरण गरिएको छ। 

दावी भुक्तानीको आधारमा : प्राइम लाइफले ३४ करोड १२ लाख कुल दावी भुक्तानी गरेकोमा ३०  करोड  ३७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ। त्यस्तै एशियन लाइफले १ अर्ब  ४२ करोड रुपैयाँ  कुल दावी भुक्तानी गरेकोमा २९ करोड ६३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ।

प्राइम लाइफको १ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी दावी रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको भुक्तानी हुन् बाँकी दावी रकम २ करोड ७ लाख रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS