IME Life

धनगढीमा खुल्यो ज्योति लाइफको प्रादेशिक कार्यालय

SPIL
NIC ASIA


काठमाडौं । धनगढीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालय स्थापना गरेको छ ।उक्त प्रादेशिक कार्यालयको उद्घाट्न बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँले गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष चापागाँईले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराए ।

Prabhu
Crest

साथै अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने जानकारी गराए ।

उक्त कार्यक्रमकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित रहेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उप –प्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको र सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS