देखाउनको लागि मात्रै नगरौं, लघुवित्तले देखिने काम गरौं

499
अर्जुन प्रसाद पोखरेल

नेपालमा वर्तमान अवस्थामा जे जति काम भएका छन् सवै जसो काम देखिने भन्दा पनि देखाउनकै लागि हुने गरेको देखिन्छ चाहे त्यो सरकारी स्तरवाट होस या अर्धसरकारी, सामुहिक होस या व्यक्तिगत । नेपालको गरिबी न्यूनिकरणको लागि योगदान पुर्याउने भन्दै लघुवित्त कम्पनीहरु स्थापना भई कार्यरत रहेको भएपनि उनीहरुको काम पनि जनतालाई सर्भिस डेलिभरी गर्ने भन्दा पनि देखाउनकै लागि मात्रै काम भएको देखिएको छ ।

नेपालमा करिव सयको हाराहारीमा लघुवित्त वित्तीय संस्थाहरु कार्यरत छन् । यि मध्ये जम्मा पाँच वटा लघुवित्त (निर्धन उत्थान, छिमेक, डिप्रोक्स, स्वावलम्वन र ग्रामिण विकाश) को एक वर्षको नाफा जोड्दा दुई करोड ७१ लाख ८ हजारभन्दा वढि छ भने वाँकी अरु लघुवित्त वित्तीय संस्थाको नाफा यसमा जोड्दा अवश्य नै ठुलो रकम हुन्छ ।

नेपाल राष्ट्र वैंकको निर्देशन अनुसार यिनै पाँच ओटा लघुवित्तको मात्र एक प्रतिशतले हुने रकम दुई करोड ७१ लाख ८ हजार रुपैयाँ हुन्छ भने निश्चित प्रतिशत भन्दा वढी लाभांश घोषणा गरेमा निश्चित प्रतिशत भन्दा वढी घोषित प्रस्तावित लाभांशको प्रतिशतले हुन आउने रकम सवै लघुवित्तको जोड्दा यो कोषमा ठुलै रकम हुन आउँछ ।

यस्तो व्यवस्थालाई यदि देखाउनको निमित्त नभै काम देखिने गरी कार्य वास्तवमै गर्ने हो भने सम्वृद्ध नेपाल र सम्मुन्नत नेपालीको चाहना राख्ने हो भने र लघुवित्तले ग्रामिण जनताको आर्थिक सम्वृद्धि चाहेको हो भने हरेक लघुवित्तहरुले आ–आफ्ना तवरवाट वा लघुवित्त एशोसिएसनमार्फत सवै लघुवित्तवाट वरावर रकम संकलन गरी संयुक्त रुपमा यस कोषको परिचान गरेको खण्डमा धेरै सामाजिक काम हुनसक्छ । विशेष गरी हरेक लघुवित्तको कार्यक्षेत्र सहर बजार भन्दा बढी पिछडिएको दुर ग्रामिण वस्ती वढी हुन्छ र त्यही पिछडिएको दुर ग्रामिण वस्तीमा वसोवास गरेका वासिन्दा कि त अल्पसंख्यक हुन्छन्, कित दलित वा पिछडा वर्ग हुन्छन् ।

हरेक लघुवित्तले एक वर्षमा एक महिनामात्र न्यून आय भएका तथा गरिबी भएको वस्तीमा वसोवास गरेका जनतालाई प्रौढ शिक्षाको व्यवस्था गरिदिने हो भने कम्तीमा १०० गाउँका अशिक्षित जनता शिक्षित हुन्छन् वा एक वर्ष सबै लघुवित्तहरुले मधेशको मुशहर वस्ती या दुसाध वस्तीका कटेरामा जस्ताको व्यवस्था गराईदिने हो भने हरेक वर्ष शितलहरले अकालमा ज्यान जानवाट रोकिने थियो की ?

त्यस्तै गरिबीको रेखामुनी रहेका वस्तीमा शौचालयको प्रवन्ध गराईदिने हो भने झाडा पाखालाले वाल वच्चाको ज्यान अकालमा जाने थिएन कि ? त्यस्तै अर्को वर्ष सवै लघुवित्त मिलेर पहाडको चेपाङ् वस्तीका धेरै आवश्यकता मध्ये सवै एकै वर्षमा समेटिन पक्कै सकिदैन । त्यसैगरि लघुवित्त वित्तिय संस्थालाई निषेधित क्षेत्र भनेर प्रचार गरिएका वस्तीमा, लघुवित्तप्रति नै नकारात्मक प्रचार भएको ठाउँमा परेको समस्या शिक्षा, स्वास्थ, संचार, यातायात, खानेपानी आदि मध्ये साना लगानीवाट समस्या समाधान हुने भए एक लघुवित्तले उक्त कार्यक्रम गर्न असमर्थ हुन्छ तर सवै लघुवित्त मिलेर गर्दा पक्कै सफल हुन्छ ।

‘एकले थुकी सुकी सयले थुकी नदी’ भने जस्तै यसरी नै हरेक वर्ष कुनै एउटा गाउको एउटा वस्तीलाई लक्षित गरेर एउटामात्र काम गर्ने हो भने सम्वृद्धि धेरै टाडा छैन । लघुवित्तका कर्मचारी गाउँबाट खेदिनु पनि पर्दैन त्यसैगरि कुनै हरेक वर्ष सवै लघुवित्तहरुले कम्तिमा एक महिलाका दरले सय महिलाहरुलाई विदेश भ्रमण गराई अवलोकन गराईदिने अथवा हरेक वर्ष सवै लघुवित्तहरुले कम्तिमा एक महिलाका दरले सय महिलाहरुलाई शिपको लागि आवश्यकता पर्ने निश्चित समयसम्म शिप सिकाई दिने व्यवस्था भएमा एक वर्षमा कम्तीमा १०० जना महिलाहरु उक्त कार्यको लागि निपुर्ण हुन्छन् । यस किसिमको कार्यबाट मात्र ऋणीको हित र संस्थागत खर्चले अर्थ राख्छ, अन्यथा फेसवुकको वालमा मात्र लाईक हेर्ने हो भने हाल भईरहेको कार्यको कुनै अर्थ छैन । –लेखकको विचारमा आधारित

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्