IME Life
Beema Board

आरएसडिसी लघुवित्तको नाफा बढ्यो, यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म संस्थाले अधिकांश सूचकमा सुधार गरेको देखिन्छ ।

यस अवधिसम्ममा लघुवित्तले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ६१.८१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Prabhu
Crest

६७ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ११ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले यस अवधिसम्ममा ३ अर्ब ४ करोड ६९ लाख रुपैयाँ सापटीबाट ३ अर्ब २१ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तले पुस मसान्तसम्ममा ७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड २६ लाख रुपैयाँ बढी हो । समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ९६ लाख रुपैयाँ बढेर ७ करोड २१ लाख पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ९४ पैसा रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २९.८७ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS