IME Life
Beema Board

सिन्धु विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकको १० औं बार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले साढे ११ प्रतिशत बोनश तथा शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

शेयरधनीले साढे ११ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् । शुक्रबार सम्पन्न १० औं बार्षिक साधारणसभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित भएको ०.५७५ प्रतिशत लाभांश भने बोनस शेयरका लागि कर प्रयोजनको लागि हो ।

Prabhu
Crest

सर्वसाधारणसभाले सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना सञ्चालकहरु संजिव प्रधान र हिरा के.सीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंक समृद्धिमा दृढ रहेको बताएका थिए ।

सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्ला कार्यक्षेत्र भएको बैंकले कुल २२ शाखा र दुई वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तिय सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS