Prabhu Life Ad Final

यो साता बीमा कम्पनीका शेयर कतिले बढ्यो ?

IME PAY

काठमान्डौ :यो  साता  बीमा कम्पनीको शेयरमा निकै चहलपहल देखिएको छ। साताको अन्तिम कारोवार दिन बिहीबार सर्वाधिक कारोवार हुने ५ कम्पनीको सूचीमा पाँच वटै जीवन बीमा कम्पनीहरु परेका छन्। यो साताको तथ्यांकलाई आधार मान्दा जीवन बीमा कम्पनी भन्दा निर्जीवन बीमा कम्पनीका शेयरधनीले कमाएको देखिन्छ।

जीवन बीमा कम्पनीमा यो साता  कति कमाए लगानीकर्ताले ?
यो साता एसियन लाईफ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक १२ दशमलव ६० प्रतिशतले कमाए। एसियन लाईफको अघिल्लो साता ५०८ मा बजार बन्द भएकोमा यो साता एसियन लाईफको प्रति कित्ता ५७२ रुपैयामा बजार मूल्य बन्द भएको छ।  त्यस्तै सूर्या लाइफको शेयर मूल्य ११ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ। यो साता  लाईफ इन्स्योरेन्स कर्पोरेशनको बजार मूल्य मात्र घटेको छ। गत साता १२५३ मा बजार मूल्य बन्द भएकोमा यो साता ३ रुपैया घट्दै प्रति कित्ता १२५० मा बजार मूल्य बन्द भएको छ।

NCHL

निर्जीवन बीमा कम्पनीमा यो साता  कति कमाए लगानीकर्ताले ?
यो साता  एभरेस्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक २० दशमलव ८१  प्रतिशतले कमाए। एभरेस्ट इन्स्योरेन्सको अघिल्लो साता ३४६ मा बजार बन्द भएकोमा यो साता एभरेस्ट इन्स्योरेन्सको प्रति कित्ता ४१८ रुपैयामा बजार मूल्य बन्द भएको छ।  त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य १७ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x