Prabhu Life Ad Final

आजै रिपोर्ट सार्वजनिक गरेका ४ लघुवित्तले कति कमाए ?

IME PAY

आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख
आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो। यसरी आरएमडीसी लघुवित्तको खुद मुनाफा सामान्य घटेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३२ रुपैया ५१ पैसा हुन् आउछ। चुक्ता पुँजी ८९ करोड ९३ लाख रहेको कम्पनीको किताबी मूल्य २७३ रुपैया ३४ पैसा रहेको छ।

महुली लघुवित्तको नाफामा पनि सामान्य वृद्धि 
मर्जर प्रक्रियामा रहेको महुली लघुवित्तको नाफामा सामान्य वृद्धि आएको छ। महुली लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ३ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड २ लाख खुद मुनाफा गरेको थियो। यसरी लघुवित्तको खुद मुनाफा सामान्य वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३९ रुपैया ८१ पैसा हुन आँउछ । ।चुक्ता पुँजी १२ करोड २४ लाख रहेको कम्पनीको किताबी मूल्य ३०८ रुपैया ६१ पैसा रहेको छ।

NCHL

नेशनल माईक्रोफाईनान्सको मुनाफा ६२ प्रतिशतले वृद्धि
नेशनल माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९ करोड २५ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ७२ लाख खुद मुनाफा गरेको थियो। यसरी नेशनल माईक्रोफाईनान्सको खुद मुनाफा ६२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ७० रुपैया २९ पैसा छ । चुक्ता पुँजी २६ करोड ४० लाख रहेको कम्पनीको किताबी मूल्य १८५ रुपैया २७ पैसा रहेको छ।

आशा लघुवित्तको मुनाफामा २३१ प्रतिशतले बढ्यो
आशा लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ७० खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ८१ लाख ६४ हजार खुद मुनाफा गरेको थियो।  लघुवित्तको खुद मुनाफा २३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी २३ रुपैया ३२ पैसा छ । चुक्ता पुँजी २३ करोड २२ लाख रहेको कम्पनीको किताबी मूल्य १२७ रुपैया १२ पैसा रहेको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x