IME Life

२० अंकले घट्यो नेप्से, १३ कम्पनीका लगानीकर्ताले मात्रै कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २० दशालव ७९ अंकले घटेर १,२७६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २ दशमलव ७९ प्रतिशतले घटेको छ ।

गत साताको अन्तिम दिन विहीबार पनि नेप्से घटेको थियो । नेप्से १५ दशमलव ९५ अंकले घटेर १२९७ दशमलव ४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन लाइफ इन्स्योरेन्स र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको थियो ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ८ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको ६ करोडमथिको कारोबार भएको छ ।

सिवम् सिमेन्टको ३ करोडमाथि, एनआइसी एशिया बैंकको २ करोड ९९ लाख, प्रभु बैंकको २ करोड ९६ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड ६८ लाख, नेशनल लाइफ, प्राइम लाइफ र एशियन लाइफको २ करोडमाथिको कारोबार भएको छ ।

आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । नविल प्रगति फण्ड, एनएमबि माइक्रोफाइनान्स, खानीखोला हाइड्रेपावर, प्रोग्रेसिभ फाइनान्स कम्पनी, स्वरोजगार लघुवित्त, पाँचथर पावर कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । मिथिला लघुवित्त, रिडी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, यूनाइटेड इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, लक्ष्मी लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS