Prabhu Life Ad Final

टर्कीमा ६.८ रेक्टरस्केलको भूकम्प, १८ को मृत्यु, अर्बौको क्षति

IME PAY

एजेन्सी । युरोपियन मुलुक टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको र एक हजारभन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारम माध्यमहरुले जनाएका छन् ।

टर्कीको डेली सवहका अनुसार शुक्रबार साँझ ८ः५५ बजे ६.८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पपछि कैंयौं भवनहरु भत्केका छन् । सयौं एम्बुलेन्स तथा एयर एम्बुलेन्सद्वारा उद्धार गरिएको जनाइएको छ ।

NCHL

टर्कीको इलाजिग प्रान्तको सिभरिस सहरमा साढे छ किमी गहिराईमा भुकम्प गएको जनाइएको छ । प्रारम्भिक रिपोर्टका अनुसार करिब ४० सेकेण्डसम्म जमिन हल्लिएको थियो । टर्कीका गृहमन्त्री सुलिमाम सोल्युले उक्त भूकम्पमा परी ५० वटा बिल्डिङहरु भत्किएको जानकारी दिएका छन् ।

उनका अनुसार इलाजिग प्रान्तमा १० जनाको मृत्यु भएको छ भने पाँच जनाको मालात्या प्रान्तमा मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । भुकम्पका कारण अर्बौको क्षति पुगेको जनाइएको छ । भुकम्प महत्वपूर्ण बीमा जोखिमभित्र पर्दछ । टर्कीमा गएको पटकको भुकम्पमा अर्बौ रुपैयाँ दावी भुक्तानी पर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x