भैरहवामा सानिमा लाइफको उपशाखा संचालनमा

Citizen Life Insurance Co

रुपन्देही । सानिमा लाइफ इन्स्योरेन्सले रुपन्देहीको भैरहवामा आफ्नो उपशाखा कार्यालय संचालनमा ल्याएको छ । प्रदेश सभा सदस्य सन्तोष पाण्डेले भैरहवा उपशाखाको उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दे पाण्डेले जागरण र पहुँच सर्बसाधारणसम्म पुराउनु लाइफ इन्स्योरेन्स कम्पनीको दायित्व भएको बताए ।

कम्पनीका महाप्रबन्धक शिबराम तिमिल्सेनाले सानिमा लाइफले सबै बर्ग र आर्थिक क्षमता भएका नागरिकलाई बिमाको पहुचमा ल्याउन उत्कृष्ट लक्ष्यित पोलिसी ल्याएको बताए ।

कार्यक्रममा सानिमा लाइफका क्षेत्रीय प्रबन्धक जयदेब गौतम,बुटवल शाखा प्रबन्धक प्रकास गौतम,भैरहवा उपशाखा प्रमुख उमेश यादब ,कम्पनीका बरिष्ट एजेन्सी म्यानेजर राकेस कुमार अग्रहरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार