IME Life

लक्ष्मी लघुवित्तले कमायो ७ करोड ८ लाख रुपैयाँ खुद नाफा

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

२७ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा २४ करोड ७५ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १८ करोड २२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ६६ लाख रुपैयाा खुद व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा लघुवित्तको खुद व्याज आम्दानी ३३ प्रतिशतले बढी हो ।

त्यस्तै, लघुवित्तले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी र २ अर्ब ३९ करोड सापटीबाट ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ सापटी मार्फत ३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ४९ लाख ५ हजार रुपैयाँ बढेर ११ करोड २५ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा बढेर १.५५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ५० रुपैयाँ ९५ प्रसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS