IME Life

हिमालयन बैंकको साधारण सभा माघ २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकले माघ २९ गते २७ औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ ।

बैंकको साधारण सभा तथा लाभांश वितरणका लागि माघ १३ देखि २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्ने भएको छ । माघ १२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।

Prabhu
Crest

साधारण सभामा बैंकले २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । बैंकले लगानीकार्तालाई गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र करसहित १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै, सभामा बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७५र०७६ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने रहेको छ भने आव २०७६र०७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने योजना समेत रहेको छ ।

हाल बैंकको ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस वितरणपछि ९ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS