IME Life

नेपाल राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ

SPIL
NIC ASIA

‘बेनामे उजुरीले छानविन गर्ने र पीडा भोग्नेको समय वर्वाद’

काठमाडौं । सरकारले सम्पत्ति शुद्धिकरणमा असहयोग गरेको, नेपाल राष्ट्र बैंकलाई क्षति पुर्याउने काम गरेको लगायतको अभियोग लगाएर छानविनमा परेपछि बर्खास्तमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि काममा फर्केका छन् । उनलाई सोमबार अर्थमन्त्रायले निर्दोष रहेको भन्दै पत्र दिएपछि सोमबार नै राष्ट्र बैंकमा हाजिर भएका छन् ।

Prabhu
Crest

दोस्रो पटक पदभार ग्रहण गर्दै डेपुटी गभर्नर श्रेष्ठले ढिलै भएपनि न्याय पाएको बताए । उनले बेनामे उजुरी हालेर सरकार आफ्नो समय बर्वाद पारेको आरोप लगाएका छन् । उनले भने, ‘बेनामे उजुरी हालेर म माथि छानबीन गराउनेहरुको समय पनि बर्बाद भयो ।’

डेपुटी गभर्नर श्रेष्ठले आफूविरुद्धमा उजुरी गर्नेहरुलाई चिनेको आशय व्यक्त गर्दै नेपाल राष्ट्र बैंकविरुद्धको षडयन्त्र असफल भएको समेत बताएका छन् । उनले उजुरी हाल्न लगाउने गिरोहले नेपाल राष्ट्र बैंकका विरुद्धमा ठूलै षडयन्त्र गरिरहेको समेत आशंका व्यक्त गरेका छन् ।

उनले झूठा आरोप लगाएर आफूलाई फसाउनेको षडयन्त्रका कारण नेपाल राष्ट्र बैंकको धेरै कामहरु रोकिएको बताउँदै आफू पनि मानसिक तनावमा फसेको बताए । उनले आगामी दिनमा अझै प्रतिबद्ध भएर काम गर्न उच्च मनोबल प्राप्त भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS