Prabhu Life Ad Final

सिटिजन्स बैंकको नाफा घट्दा अन्य वित्तीय सूचक कस्तो ?

IME PAY

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंकको खुद मुनाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षंको दोस्रो त्रैमासमा ६८ करोड ७७ लाख १ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनानमा बैंकको नाफा १० प्रतिशतले घटी हो ।

पुष मसान्त सम्ममा ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ८८ करोड ३१ लाख ९५ हजार र संचित कोषमा ६६ करोड ३४ लाख ८३ हजार रुपैयाँ राखेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा भने ६२ करोड १० लाख ५९ हजार रहेको छ ।

NCHL

खुद ब्याज आम्दानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ७८ प्रतिशतले कमी हो ।

बैंकले दोस्रो त्रैमास सम्ममा ९५ करोड ५९ लाख ७९ हजार संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ६४ लाख भन्दा बढी संचालन मुनाफा आर्जन गरेको थियो ।

निक्षेप तथा कर्जा
पुष मसान्त सम्ममा बैंकले ७५ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६९ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेर ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचक
खराब कर्जा ०.९९ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो ७८.८६ प्रतिशत रहेको छ । पुँजीकोष प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ १३ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x