सिद्धार्थ बैंकको निःशुल्क स्वास्थ्य शिविर

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निस्शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न गरेको छ ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने जनाएको छ ।

हालसम्म बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटिएम र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार