IME Life

नेपाल लाईफका केसीले १४ दिनमै पूरा गरे एमडिआरटी लक्ष्य

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी सन् २०२० देखि औपचारिक रुपमा एमडिआरटीमा आबद्ध भएको छ । यसअघि अप्रत्यक्ष रुपमा एमडिआरटीमा आफ्ना अभिकर्ताहरुलाई सहभागी गराउँदै आएको कम्पनीले यस पटकदेखि औपचारिक रुपमा आबद्ध भएको हो ।

कम्पनी एमडिआरटीमा आबद्ध भएको १४ दिनमै काठमाडौंस्थित बुढानिलकण्ठ शाखामा काम गर्ने सिनियर एजेन्सी म्यानेजर जीवन केसीले एमडिआरटीको लक्ष्य पुरा गर्न सफल भएको कम्पनीले जनाएको छ । हरेक वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिमसम्ममा एक वर्षमा ४४ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्ने अभिकर्ता एमडिआरटीमा छनौट हुनेछन् ।

Prabhu
Crest

सिन्धुली घर भई काठमाडौंको बुढानिलकण्ठमा एजेन्सी कार्यालय सञ्चालन गर्दै आएका केसीले १४ दिनमै आफ्नो लक्ष्य पूरा गर्न सफल भएका हुन् । सो अवधीमा केसीले १५ वटा पोलिसी बिक्री गरी ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको इन्स्योरेन्स खवरलाई बताए ।

चार पटक नेपाल लाईफ इन्स्योरेन्सको राष्ट्रिय प्रथम भएका केसी तीन पटक लगातार प्रथम भएर ह्याट्रिक गर्न सफल भइसकेको केसीले बताए । हालसम्म एक हजार आठ सयभन्दा बढि व्यक्तिको जीवन बीमा गराएर सफल एजेन्सी म्यानेजर बनेका केसीले कम्पनीप्रति बफादार, आम जनताबीचमा विश्वास आर्जन गर्न सकेमा व्यापार गर्न सहज हुने सुझाव दिन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS