IME Life

मिर्मिरे लघुवित्तको नवौं बार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काभ्रेपलान्चोक । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं बार्षिक साधारण शभा धुलिखेल स्थित मिरायावल रिसोर्टको गुँरास सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर बोहराको सभाअध्यक्षतामा संचालन भएको थियो ।

साधारण सभाको उक्त कार्यक्रमलाई दुइ चरणमा विभाजन गरि सम्पन्न गरिएको थियो , प्रथम चरण सभा उद्घाटन तथा औपचारिक स्वागत मन्तब्यका साथमा अध्यक्षको प्रतिवेदन प्रस्तुतिको कार्यक्रम लगायत बिशेष प्रस्ताव र सो सम्बन्धि छलफल तथा अनुमोदनको कार्यक्रम रहेको थियो

Prabhu
Crest

दोश्रो चरण संचालक समितिको निर्वाचनको कार्यक्रम रहेको थियो । पानसमा दिप प्रज्वलन गरि सभाध्यक्षले कार्यक्रमको उद्घाटन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका संचालक समितिका सदस्य सन्तोष फुयालले गरेका थिए ,अध्यक्षको प्रतिवेदन उपर सामान्य छलफल पश्चात अनुमोदन भएको थियो ।

संस्थाको बार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष बोहराले संस्थाले संस्थापकएवं सर्वसाधारण लगानीकर्ता, सेवाग्राहीवर्ग र कार्यरत जनशक्तिको त्रिपक्षीय सन्तुलन कायम गर्दै विविध चुनौती हरुको सामना गर्दै संस्था सफलता पुर्वक अघि बढिरहेको बताए ।

नियमनकारी निकायको निर्देशनअनुरुप लघुवित्त वित्तीय संस्थाहरु एक अर्कामा प्राप्ति तथा विलय (मर्जर एक्विजिसन) को बिषय अत्यन्त पेचिलो बन्दै गइरहेको , लघुवित्तको कार्यक्षेत्रमा व्यापक मात्रामा चुनौतिहरु देखा परेको भन्दै संस्थाले थप चुनौती व्यहोर्नुपरेकोमा समेत सफलता हासिल गरिरहेकोमा संस्थाको व्यवस्थापनलाई धन्यबाद समेत दिएका थिए ।

नवनिर्वा्चित संचालकहरुको पहिलो बैठक संस्थाको केन्द्रिय कार्यालयमा सोमबार साँझ सम्पन्न गरि टेक बहादुर बोहरालाई पुनः अध्यक्षमा मनोनित गरेको हो । आगामी चार बर्षका लागि अध्यक्ष बोहराको नेतृत्वमा मिर्मिरेका संचालकहरुमा सन्तोष फुयाल, सुबर्ण पाण्डे , मनि थापा, स्वयम्भु श्रेष्ठ र सन्जु घिमिरे रहेका छन् । समितिले नियमानुसार केन्द्रीय बैंक समक्ष सपथ ग्रहण गर्ने छ ।

कार्यक्रममा संस्थाका शेयर धनिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS