IME Life

इन्स्योरेन्स इन्स्टीच्यूटले पहिलो वर्ष नै कमायो ११ लाख मुनाफा

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको २२ प्रतिशत लगानी, ४० वटा जीवन, निर्जिवन र पुर्नबीमा कम्पनीका २।२ प्रतिशत लगानी रहेको इन्स्योरेन्स इन्स्टिच्युट नेपालले सञ्चालनमा आएको पहिलो वर्ष नै ११ लाख रुपैयाँ मुनाफा गरेको छ ।

Prabhu
Crest

गत वर्षको माघ १ गते स्थापना भएको सो संस्थाले एक वर्षको अवधीमा झण्डै चार लाख रुपैयाँ कर भुक्तानी गरेको छ । बीमा सम्बन्धी तालिम इन्टिच्यूट कम्पनी ऐन, २०६३ अन्तर्गत इन्स्यारेन्स इन्टिच्यूटको स्थापना गरिएको हो । कम्पनीले आफनो प्रथम साधारणसभा समेत सम्पन्न गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ३० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सञ्चालनमा आएको छ महिनामा सो रकम संकलन गरेको कम्पनीले त्यसयता थप ३० लाख आम्दानी गर्न सफल भएको जनाएकोछ । एक वर्षको अवधीमा कम्पनीले ४२ वटा तालिम सञ्चालन गरेको छ । वर्षदिनको अवधीमा एक हजार भन्दा बढीले इन्स्टीच्यूटमार्फत मार्फत तालिम लिइसकेका छन् ।

उक्त तालिममा सहभागी हुने अधिंकाश बीमा कम्पनीहरुका कर्मचारी, बीमा समितिका कर्मचारी र बैंकका कर्मचारीहरु पनि रहेको इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले बताए ।

त्यस्तै इन्स्योरेन्स इन्च्यिुटले गत आवमा तीन लाख ९६ हजार रुपैयाँ कर तिरेको छ । समितिको तथ्याङ्क अनुसार असारमसान्तसम्ममा ११ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । इन्च्यिुटले कम्पनीको पहिलो साधारणसभामार्फत चुक्ता पुँजीलाई वृद्धि गरी पाँच करोड कायम गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै कम्पनीको अधिकतम पुँजी १० करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS