IME Life
Beema Board

बैंकर्स संघले समितिलाई बुझायो ज्ञापन पत्र, ब्रोकर लाईसेन्स दिन माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल बैंकर्स संघले संघीय संसद अन्तर्गतको अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ । बाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स पाउनुपर्ने माग राख्दै संघले पत्र बुझाएको हो ।

नेपालको पूँजी बजारको विद्यमान अवस्था र धितोपत्रको ब्रोकर लाइसेन्स तथा भावी योजना सम्बन्धमा छलफलका लागि संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिले पुष १३ गते संघका पदाधिकारहरुलाई बोलाएको थियो ।

Prabhu
Crest

सोही बैठकमा छलफल गरिए बमोजिम संघले बैंकहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स दिनका लागि समितिलाई ज्ञापन पत्र बुझाएको हो । संघले बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन माग गरेको छ ।

गाउँ गाउँसम्मा वित्तीय पहुँच पुगेको, बैंकहरुमा संस्थागत सुशासन रहेको, सही सूचना प्राप्त गर्नको लागि बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ ।

बैंकिङ् क्षेत्रले ३५ खर्व भन्दा बढि जनाताको सम्पत्ति व्यवस्थापन गरेकाले ब्रोकर लाईसेन्स लिँदा अनैतिक काम नहुने संघले जनाएको छ । अन्तर्राष्ट्रिय अभ्यासका रुपमा हेर्ने हो भने बैंकहरुले धितोपत्रका लागि ब्रोकरको रुपमा काम गर्दै आएको उदाहरण प्रस्तुत गर्दै संघले ब्रोकर लाईसेन्स दिनु उपयुक्त हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS