IME Life

सवारी दुर्घटनामा १० को मृत्यु, तेस्रो पक्ष बीमा दावी पर्ने

SPIL
NIC ASIA

काठमाडौं । तनहुँ, रामेछाप, चितवन, रौतहट, धनुषा, मकवानपुर र ताप्लेजुङमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । उल्लेखित दुर्घट्नामा तेस्रो पक्ष बीमा दावीहरु पर्ने देखिएको छ ।

अधिकांश दुर्घटनामा सार्वजनिक सवारी साधन परेकाले तेस्रो पक्ष बीमा दावी पर्ने देखिएको हो । १० जनाको मृत्यु भएको घटनामा कम्तीमा ५० लाख बीमा दावी पर्नेछ भने उपचारको थप रकमको भार पनि बीमा कम्पनीमाथि थपिने भएको छ ।

Prabhu
Crest

पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नम्बरको बस तनहँुको घिरिङ गाँउपालिका–३ थानिमाईकमा दुर्घटना परि २ जनाो मृत्यु भएको छ । त्यस्तै रौतहट, कटहरिया नगरपालिका–९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना १ त ४१४० नम्बरको ट्याक्टरले किचेर एक जनाको मृत्यु छ ।

रौतहटै जिल्लाको माधवनारायण नगरपालिका–३ स्थित सडकमा ना ५ त ९२६७ नम्बरको ट्याक्टर ना ४८ प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २२ वर्षीय सुसिल ठाकुरको तराई हस्पिटल सुकदेवचोकमा उपचार भइरहेको छ ।त्यस्तै गरि चितवन, राप्ती नगरपालिका–६ हर्दीस्थित सडकमा ना७ख ४६६० नम्बरको ट्याङ्करले प्रदेश नम्बर–३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका(४ बस्ने ३५ वर्षीय ईन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २४ वर्षीय सुगम तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रामेछाप, दोरम्बा गाउँपालिका–३ टोकरपुरस्थित सडकमा बिहीबार बा२क ९००९ नम्बरको ट्रकको ठक्करबाट ६ वर्षीया प्रतिमा कँडेलको मृत्यु भएको छ । गाडी चालक भने फरार रहेको र खोज्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ थापागाँउस्थित सडकमा बा१च ६६०६ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सोही ३५ वर्षीय पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै धनुषा, मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा बा ७ ख ६४१३ नम्बरको ट्रिपरले २४ वर्षीय ओमप्रकाश महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

यता, मकवानपुरको भिमफेदी गाउँपालिका–९ अगोरेस्थित हेटौंडा–भैसे–पालुङ सडकखण्डमा बा १ य १२८३ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS