IME Life

विगत पाँच वर्षमा एलआइसी नेपालको बुक क्लोज हुनुअघि कति थियो बजार मुल्य ?

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड आधाभन्दा बढी भारतीय लगानी भएको कम्पनी हो । कम्पनीको समग्रह वित्तीय अवस्थालाई हेर्ने हो भने पनि अधिकांश सूचकहरु राम्रो देखिन्छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो स्थान ओगट्न सफल बीमा कम्पनीको रुपमा परिचित छ । त्यस्तै, एलआइसी नेपालले प्रत्येक वर्ष आफ्ना लगानीकर्ताहरुलाई आकर्षक लाभांश दिँदै आएको छ ।

विगत पाँच वर्षमा एलआइसी नेपालको बुक क्लोज हुनुअघि कति थियो बजार मुल्य ?

Prabhu
Crest

आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले ३० प्रतिशत बोनस शेयर दिएको थियो । उक्त लाभाश प्रयोजनका लागि कम्पनीले २०१५/२/१३ तारिखमा बुक क्लोज गरेकोमा सो मिति भन्दा अघिल्लो दिन कम्पनीको बजार मुल्य तीन हजार चार सय ९९ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१६।५।१२ तारिखमा बुक क्लोज गरेको थियो । सो मिति भन्दा अघिल्लो दिन कम्पनीको बजार मुल्य ४ हजार २ सय ३८ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७२।७३ मा कम्पनीले २४ दशमलव ८ प्रतिशत बोनस शेयर र १ दशमलव ३ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१७।५।१९ तारिखमा बुक क्लोज गरेको थियो । सो मिति भन्दा अघिल्लो दिन कम्पनीको बजार मुल्य दुई हजार ८ सय ५० रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७३।७४ मा कम्पनीले १२ प्रतिशत बोनस शेयर र ० दशमलव ६३ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभांश प्रयोजनका लागि कम्पनीले २०१९।०३।५ तारिखमा बुक क्लोज गरेको थियो । सो मिति भन्दा अघिल्लो दिन कम्पनीको बजार मुल्य एक हजार ६ सय ४ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७४।७५ मा कम्पनीले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१९।७।२५ तारिकमा बुक क्लोज गरेको थियो । सो मिति भन्दा अघिल्लो दिन कम्पनीको बजार मुल्य एक हजार ५ सय ९७ रुपैयाँ थियो ।

पाँच वर्षमा कति दियो लगानीकर्तालाई लाभांश
एलआइसी नेपालले विगत पाँच वर्षदेखि आफ्ना लगानीकर्ताहरुलाई निरन्तर रुपमा लाभांश प्रदान गर्दै आएको छ । कम्पनीले विगत पाँच वर्षमा आफ्ना लगानीकर्ताहरुलाई १ सय ६५ प्रतिशत लाभांश प्रदान गरेको तथ्याङकले देखाउँछ ।

एलआइसी नेपालका लगानीकर्ताहरुले पाँच वर्षको अवधिमा १ सय २६ दशमलव २६ प्रतिशत बोनश शेयर प्रदान गरेको छ भने ३८ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS