Prabhu Life Ad Final

एटिएम र वालेटको नियम फेरियो, दैनिक लाखसम्म कारोबार गर्न पाइने

IME PAY

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न पाउने रकम तथा वालेटबाट भुक्तानी गर्न पाउने रकमको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले विहिबार एकिकृत निर्देशन जारी गर्दै विद्युतीय माध्यम तथा एटिएमबाट निकाल्न पाउने रकमको सीमा बढाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने र एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा ५ हजार रुपैयाँले बढाएर एक दिनमा भने १ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था गरेको छ ।

NCHL

यसअघि वालेट मार्फत लाख रुपैयाँसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो । यसैगरी एक वालेटबाट अर्काे वालेटमा ट्रान्सफर गर्न पाइने रकम २५ हजार बाट बढाएर मासिक ५० हजार रुपैयाँसम्म गर्न पाइने व्यवस्था गरेको छ । तर, एक कारोबार दिनमा २५ हजार मात्रै ट्रान्सफर गर्न पाइने राष्ट्र बैंकको भनाई छ ।

साथै केन्द्रीय बैंकले मोबाइल बैंकिङ सेवा मार्फत एक दिनमा ५० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

यसअघि एटीएम कार्ड प्रयोग गरी २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था थियो ।
विद्युतीय माध्यमबाट निकाल्न मिल्ने रकमको सिमा बढाएपछि नेपाल राष्ट्र बैंकले प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न नपर्ने निर्देशन समेत दिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x