IME Life

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य स्वयंसेविकाको बीमा सरकारले व्यहोर्ने

SPIL
NIC ASIA

काठमाडौं । सुदूरपश्चिम प्रदेशले स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा खर्च व्यहोर्ने निर्णय गरेको छ । उक्त प्रदेशभरि कार्यरत स्वास्थ्य स्वयम्सेविकाले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउनेछन् । सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको रोहबरमा मन्त्रालयका उपसचिव झंकर बहादुर बिष्ट र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

स्वास्थ्य बीमा बोर्डले देशैभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिएर स्वास्थ्य बीमा गर्दै आएको छ । सुदुरपश्चिम प्रदेश सरकारले बाँकी ५० प्रतिशत शुल्क भुक्तानी गरेर महिला स्वास्थ्य स्वयम्सेविकालाई शुल्कको भार नपर्ने गरी बीमा गर्ने व्यवस्था मिलाएको हो ।

हाल प्रदेश नं ७ मा ६ हजारभन्दा बढी स्वयंम सेवकहरु रहेका छन् । महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालीन सेवा प्रदान होस् भनेर प्रदेश मन्त्रालयले निःशुल्क बीमाको अवधारणा लिएको प्रंदेश नं ७ का स्वास्थ बीमा बोर्डको प्रदेश संयोजक जनक साउदले इन्स्यारेन्स खबरलाई जानकारी दिए ।

साथै गत वर्ष प्रदेश सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविकालाई १० हजार रुपैयाँ दिने कार्यक्रम बनाएकोमा यस वर्ष बीमा कार्यक्रममा समावेश गर्ने कार्यक्रम अगाडि बढाएको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS