SKIP THIS

लघुवित्तमा धितोसहितको कर्जा एउटा बिकल्प हुनसक्छ

Citizen Life Insurance Co

अर्जुन प्रसाद पोखरेल । नेपालमा बैकिङ्ग ईतिहास त्यति धेरै लामो छैन । वि.स. १९९४ मा नेपाल बैंकको स्थापना भएदेखि मात्र नेपालमा बैकिङ्ग ईतिहास सुरु भएको हो । अलिपछि थप दुई बाणिज्य बैंक र कृषि बिकास बैंक स्थापना भएर बैंकिङ कारोबार गर्न थालेपछि बल्ल बैंकको पहुँच विस्तार सुरु भयो । निकै लामो समयसम्म यिनै तीन वटा बैंकले मात्र कारोवार गरेको पाईन्छ । जब नेपालमा प्रजातान्त्रिक सरकार आयो र उसले अवलम्वन गरेको खुल्ला अर्थ नीतिले नेपालमा बिदेशि तथा स्वदेशी लगानीमा धमाधम बैंकहरु स्थापना हुनपुगे ।

त्यसैगरी, लघुबित्तका जन्मदाता मोहमद युनुसले १९७४ मा बंगलादेशमा लघुबित्त मोडेलको ग्रामिण बैंकको स्थापना पश्चात मात्र सुरु भएको लघुबित्त नेपालमा भने २०४७।०४८ देखि शुरु भएको पाईन्छ । हो, एक जमाना थियो जतिखेर समाज अशिक्षित थियो, व्यक्तिहरु अनुशासित थिए, जतिखेर पैसा अति दुर्लभ थियो, पैसाको महत्व धेरै थियो र महंगो थियो ।

समाजमा पनि धेरै मानिसहरु गरिब थिए भने थोरै मानिसहरु मात्र धनि थिए । सीमित रुपमा रहेका धनि व्यक्तिहरु पनि मनग्य धनि थिएनन् तथा धनि र गरिब बीचको खाडल ठूलो थिएन । यिनिहरुले ठुलो संख्यामा रहेका गरिबहरुको आवश्यकता परिपुर्ति गर्नसक्ने कुरै भएन । साना–साना रकमको आवश्यकता समेत परिपुर्ति गर्ने अर्को कुनै माध्याम नै भएन । फलस्वरुप लघुबित्त बैंकहरुको जन्म भयो र समाजमा आवश्यकता पर्ने साना साना रकमको सहजै परिपुर्ति भयो र व्यक्तिहरु लघुवित्तप्रति आकर्षित भए र यसको महत्व बढ्न गयो ।

समय गतिशिल छ । समय अनुसार हरेक चिजको परिवर्तन हुन जरुरी छ र हुनु पनि पर्छ । झन् व्यक्ति, समाज एक सचेत प्राणि हो । यो बर्गमा परिवर्तन नआउने कुरै भएन । अहिले समाजमा धनि र गरिब बीचको खाडल ठुलो छ । हुनसक्छ संख्यात्मक रुपमा गरिबिको संख्या कम भएको होला तर धनि र गरिबबीचको दुरीमा एकदमै ठुलो अन्तर छ ।

समाज परिवर्तनशिल छ, सचेत छ, अनुशासन विहिन छ, क्रय शक्ति बढेको छ, पैसाको मुल्य घटेको छ, फजुल खर्च बढेको छ यसरी समाज परिवर्तन भएको छ । विदेशी भुमिमा आकर्षित अत्याधिक युवा पुस्ताले पठाएको रेमिट्यान्सको कारण तथ्यांकमा गरिबिको प्रतिशत घट्दैमा, औषत आए दर बढ्दैमा दीर्घकालिन रुपमा यहि तथ्यांक बसिरहन सक्दैन । यसमा घटबढ हुन पक्कै पनि सक्छ । नेपाल सरकार यो तथ्यांकमा ढुक्क हुने अबस्था छैन ।

देशमा प्रजातन्त्रको स्थापना पश्चात मुख्य तिन चिजको बिकाश अति नै तिब्र गतिमा हुन गयो । ति हुनः संचार, समाजमा चेतना, शिक्षा र सडक यातायात । हरेक व्यक्तिको हातमा मोबाईल, गाउँका बस्ती–बस्तीमा इन्टरनेट, हरेक गाउं गाउंमा कच्ची सडक र हरेक समाज रुपान्तरणको अवस्थाले विकाश द्रूत गतिमै बढेको पाईन्छ । हरेक समाज चेतनशिल छ, शिक्षित छ, सामाजिक संजालको पहुंच छ र त समाजमा घटेका जुनकुनै घटनाको सहजै जानकारी प्राप्त हुन्छ ।

यसैको आधारमा नेपालमा ठुलै रुपमा विकास भयो भन्नेहरुको लर्को पनि कम छैन । पल्लो घरको भैसीको दुध मागेर खादैमा जुगामा दुधको तर नलाए हुन्छ रेमिट्यान्सले देश चल्दैन भन्ने कुरा नीति निर्मातामा बस्नेहरुले प्रष्ट बुझ्नु पर्दछ ।

एकातिर समाज यसरी परिबर्तन भएको छ भने अर्कोतिर लघुबित्तहरुले उहि १९७४ को मोडेललाई थोरै पनि परिवर्तन गर्न नसकेको अवस्था नेपालमा छ र सोही मोडेलमा संचालित हुँदै आएको छ । अहिले पनि नेपाली समाजमा लघुबित्तबाट सजिोसँग पैसा पाइन्छ र जति पनि पाइन्छ र पैसाको आवश्यकता पर्ने वित्तिकै नयाँ लघुवित्तलाई बोलाई महिला जम्मा बनाई कर्जा लिन सकिन्छ भन्ने प्रवृत्ति बढेको छ । साथै यससँगै दलाली प्रबृति पनि विस्तार बढ्दै गएको पाइन्छ । अर्थात लघुवित्तको कर्जा दुरुपयोग गर्ने प्रवृत्ति ।

लघुबित्तका कर्मचारीको कारण पनि गलत मानसिकता भएका कर्जा दुरुपयोग गर्ने नियत भएका महिलाहरुले चलखेल गर्ने प्रशस्त ठाउ पाइरहेका छन् । गाउँकी टाठाबाठा महिलाले सामूहिक रुपमा कर्जा लिने र आफू एक्लेले कर्जा रकम खर्च गरेर दुरुपयोग गर्ने प्रवृत्ति चिन्ताजनक छ । नियमनको पाटो कमजोर हुँदा एक पटक कर्जा दुरुपयोग गरेको व्यक्तिले पुनः अर्को लघुवित्त वित्तीय संस्था खोजेर पुरानौ प्रवृत्ति दोहोर्याउने गर्दा लघुवित्त वित्तीय क्षेत्रमा कर्जा दुरुपयोग नियमन चुनौतिपूर्ण बनेको छ ।

लघुवित्त वित्तीय संस्थाको कर्जा प्रभावकारी परिचालन गर्न नसक्नुको कारण तथा  प्रभावकारी कर्जा  परिचालन गर्न निम्न उपाय अवलम्वन गर्न सकिन्छ 

वित्तीय  रुपमा साक्षर नहुनु : समुदायमा वित्तीय साक्षरताको बारेमा शसक्त रुपमा लघुवित्त संस्थाले बुझाउन नसकेको कारण समाजमा यस प्रबृतिको समस्य देखापरेको हुन सक्छ । बित्तिय साक्षरतामा कस्तो कुरा पर्छन् र तिनले समाजमा पार्ने सकारात्मक र नकारात्क प्रभाबको बारेमा लघुबित्तले प्रष्ट पार्न सकेन जसको कारण यस्तो प्रबृतिको श्रृजना हुन पुग्यो ।

दक्ष कर्मचारी नहुनु : कर्मचारीको गलत काम कार्वाहिले पनि यस्ता खालका समस्या श्रृजना भएको देखिन्छ । कर्मचारी जाने एकै व्यक्तिलाई मात्र सम्पर्क गर्ने, उसैलाई मात्र फलोअप गर्ने, समुह बनाउन एकै व्यक्तिलाई मात्र दबाब दिने, एकै व्यक्तिले जम्मा पारेको व्यक्तिलाई विश्वास गर्ने, छिटो समुहमा आबद्ध गर्ने, किस्ता संकलन गर्दा कसरी संकलन भएको छ ध्यान नदिने, जसरी भएपनि पैसा आए भयो भन्ने कर्मचारीको प्रबृतिले समाजमा समस्या श्रृजना भएको देखिन्छ ।

लघुबित्त वित्तीय संस्थाबीच स्वस्थ प्रतिस्प्रधा नहुनु : अहिले लघुबित्त क्षेत्रमा देखिएको ठुलो रोग नै यहि हो । एक त सबै लघुबित्तमा अनलाईन सिस्टम नभएको अवस्था छ । भएकाहरुले पनि कर्जा सुचनामा तथ्याङ्क दिई नसकेको अवस्थाले गर्दा सि.आई.बि.बाट पाउने सुचनामा भर पर्नु व्यर्थ छ जसले गर्दा कर्जा लगानि गर्नु पुर्व एक संस्थाले अर्को संस्थासंग सुचना लिनुपर्ने हुन्छ । जुन अझै घातक देखिएको छ ।

लघुबित्तमा परिबर्तन नआउनु : समाजमा साना कर्जाको महत्व हुने समय देखि साना कर्जाको महत्व नहुने समय सम्म ठुला परिबर्तन भए तर लघुबित्त क्षेत्रमा कुनै परिबर्तन आएन । प्राकृतिक नियम पनि १ पछि २ आउछ ३ एकै चोटि आउदैन,आईतबार पछि सोमबार आउछ मंगलबार एकैचोटी आउदैन र कपास पनि धेरै बोके गह्रौ नै हुन्छ त्सस्तै बिज्ञानको सिद्धान्त अनुसार बल जति जोडले भुई फालिन्छ तेहि रुपमा माथि फर्किन्छ, बेलुनमा जति धेरै हावा भरिन्छ तेतिमाथि उड्छ । ब्यक्ति अशिक्षित थिए शिक्षित भए, अनुशासित थिए अनुशासन बिहिन भए, पैसाको बढि महत्व थियो कम महत्व छ, पैसा महगो थियो बस्तु सस्तो थयो अहिले बस्तु महंगो छ तर पैसा सस्तो छ, पैसाको परिपुर्ति गराउने संस्था कम थिए अहिले बढि छन्, साना रकमको आबश्यकता हुने गर्दथियो अहिले आबश्यकता पर्दैन । यसरी क्रमिक रुपमा बिकास र परिबर्तन भएको पाईन्छ तर लघुबित्तमा १९७४ भन्दा कुनै परिबर्तन आएन । त्यसकारण यस क्षेत्रमा आमुल परिबर्तन हुन आबश्यक छ । जस्तो रु.१,००,०००।०० सम्मको कर्जा मात्र बिना धितो परिचालन गर्ने रु. १,००,०००।०० भन्दा बढी कर्जा धितो राख्दै धितोले खाम्ने मात्र कर्जा दिएको खण्डमा कुनै पनि ब्यक्तिले सजिलोसंग कर्जा पाईने र आफ्नो सम्पत्ति धितो राखेर अर्कोलाई कर्जा चलाउन दिने क्रम बन्द हुन्छ । यो नै लघुबित्तको अन्तिम बिकल्प हुन सक्छ ।

स्पष्ट कानुनको अभाब : कुनै पनि नियम कानुन स्वत छापिने होईनन् । जब–जब समस्याको श्रृजना हुन्छ तब तब कानुनको अभाव हुन जान्छ र त्यस समस्यालाई समेट्ने गरी नियम तथा कानुनको निर्माण हुन्छन् । पहिला समस्या थिएन नियम कानुन बनेनन् अब समस्या आयो । तत्काल यस समस्यालाई समेट्ने गरी नयाँ कानुन बनाएर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । बिना धितो जानि जानि कर्जा नतिर्ने व्यक्तिलाई कानुनद्वारा दण्डित गर्नुपर्दछ ।

लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह गर्दा धितो राखेर मात्रै कर्जा दिने नयाँ पद्धति विकास गर्न सकियो भने यो एउटा विकल्प बन्न सक्दछ । यसमा बिशेषतः सरकार र नियामक निकाय( नेपाल राष्ट्र बैंकले ठुलो भुमिका खेल्नुपर्ने देखिन्छ ।

(लेखक डिप्रोक्स लघुबित्तमा अनुगमन अधिकृतमा कार्यरत छन् । यसमा प्रकाशित विचार लेखकका निजि हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार