IME Life

बीमा कम्पनीहरुको व्यापार कुन प्रदेशमा कति ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपालमा १९ वटा जीवन र २० वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । बीमा समितिले प्रकाशन गरेको असार मसान्तसम्मको प्रदेशस्तरको व्यापार हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश नै ३ बाट बीमाको व्यापार भएको छ । प्रदेश नं ३ मा निर्जिवन र जीवन बीमा क्षेत्रमा नै बीमाशुल्क आर्जनमा उत्कृष्ट कारोबार भएको देखिन्छ ।

जीवन बीमा कम्पनीहरुको प्रदेशस्तर व्यापार

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले ७ वटै प्रदेशबाट ६४ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा ५५ लाख १६ ८ सय ८२ वटा बीमा पोलिसीहरु जारी गरेका छन् ।
बीमा समितिको तथ्याङ्क अनुसार प्रदेशस्तर व्यपारको आधारमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न प्रदेश नं ३ रहेको छ । कम्पनीले असार मसान्तसम्ममा २८ अर्ब ६४ करोड रुपैयाँको बीमाशशुल्क आर्जन गर्न सफल भएको छ भने १९ लाख ५९ हजार ७ सय ६४ वटा बीमालेख जारी गरेको छ ।
प्रेदश नं ५ बाट सबैभन्दा धेरै बीमाशुल्क आर्जन भएको छ । प्रदेश नं ५ बाट जीवन बीमा कम्पनीहरुले असारमसान्तसम्ममा ५ लाख ४९ हजार २ सय ८२ वटा बीमालेख जारी गरी नौ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
प्रदेश नं १ बाट जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा सबैभन्द धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समितिको तथ्याङ्क अनुसार प्रदेश नं १ बाट जीवन बीमा कम्पनीहरुले ६ लाख ७ लाख ३ सय ३९ वटा बीमालेख बिक्रि गरि ८ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, जीवन बीमा कम्पनीहरुले प्रदेश नं २ बाट ४ लाख ५७ हजार ७ सय ६४ वटा बीमालेख जारी गरी ६ अर्ब ३० करोड रुपैयाँ, गण्डकी प्रदेशबाट ५ लाख ४९ हजार २ सय ८२ वटा बीमालेख जारी गरि ६ अर्ब ४ करोड रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ८ लाख ४० हजार ७२ वटा बीमालेख जारी भएर ३ अर्ब ९६ करोड रुपैयाँ र कर्णली प्रदेशबाट १ लाख ६६ हजार ९२ वटा बीमालेख जारी गरी २ अर्ब २ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

निर्जिवन बीमा कम्पनीहरुको प्रदेशस्तर व्यापार

बीमा समितिको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा २३ अर्ब २४ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका थिए । निर्जिवन बीमा कम्पनीहरुबाट सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल रहेको प्रदेश नं ३ रहेको छ । निर्जिवन बीमा कम्पनीहरुमार्फत प्रदेश नै ३ ले असारमसान्तसम्ममा १४ अर्ब ४३ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
प्रदेश नं ५ बाट निर्जिवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । प्रदेश नं ५ बाट ३ लाख २६ हजार २ सय ९७ वटा बीमालेख जारी गरी २ अर्ब ४९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रदेश नं १ रहेको छ । निर्जिवन बीमा कम्पनीहरुको प्रदेश नै १ बाट २ लाख ६६ हजार २२ वटा बीमालेख जारी गरेर २ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै प्रदेश नं २ बाट २ लाख १६ हजार २ सय ७९ वटा १ अर्ब ६६ करोड रुपैयाँ, गण्डकी प्रदेश नं १ लाख ८७ हजार ८ सय ४८ वटा बीमालेख जारी गरेर १ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कर्णाली प्रदेशबाट २६ हजार ९ सय ९४ वटा बीमा पोलिसी जारी भएको छ भने, उक्त प्रदेशबाट ३० करोड रुपैयाँ, सुदुूरपश्चिममाञ्चल प्रदेशबाट १ लाख ३१ हजार ३ सय १३ वटा बीमालेख जारी भई ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS