IME Life

स्कूलमा छोरा पुर्याउन हिडेका केसीको मृत्यु, ठक्कर दिने ट्रक बेपत्ता

SPIL
NIC ASIA

काठमाडौं । मंगलबार विहान थानकोट चेकपोष्टस्थित हाईभिजन हल पछाडिको बस्तीमा घर भएका अर्जुन बहादुर केसी छोरालाई कलंकीस्थित विद्यालयमा पुर्याउन निस्कदै थिए । विद्यालयको पोशाकमा झोला बोकेका छोरालाई प्रदेश ३–०२ ००९ प ७६२१ नम्वरको साईन बाइकमा राखेर घरबाट निस्के । झण्डै डेढ किमी दुरी पर पुगेपछि जब गुर्जुधाराको सानो मन्दिर नजिकै आइपुगे तीव्र गतिमा रहेको ट्रकले ठक्कर दियो । विहानै कलंकीस्थित एलआरआई विद्यालयमा छोरा पुर्याउन हिडेका केसी पुर्याउन हिडेका बालककै अगाडि बाबुको ज्यान गयो । ठक्कर दिने ट्रक क्षणभरमै घटनास्थलबाट फरार भयो । सानो बालक विद्यालय जान त पाएनन् नै आँखै अगाडि आफ्नो बाबु गुमाए ।

थानकोट प्रहरीका अनुसार गुर्जुधारास्थित मन्दिर नजिकै नम्वर नखुलेको ट्रकले केसी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । महागनरीय प्रहरी बृत्त थानकोटका अनुसार मृतक चन्द्रागिरी–७, चेकपोष्टका अर्जुन बहादुर केसीको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ भने ठक्कर दिने ट्रक बेपत्ता छ । प्रहरीले ठक्कर दिएर भाग्ने ट्रकको खोजी कार्य तीव्र पारेको छ । यो समाचार तयार गर्दासम्म घटनामा संलग्न ट्रकको नम्वर पत्ता लाग्न सकेको छैन । थानकोट प्रहरीले सिसी क्यामेरा हरेर ठक्कर दिने ट्रकको खोजी भइरहेको जनाएको छ । मोटरसाइकलमा पछाडी सवार केसीका छोरा भने सकुशल रहेका छन् ।

Prabhu
Crest

अघिल्लो दिन काठमाडौंको चावहिलस्थित पशुपति कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई कलेज अगाडि बाटो काट्दै गर्दा भक्तपुर रुटमा चल्ने बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

उता, मकवानपुरको राक्सीराङ गाउँपालिका ५ ढाडेमा हिजो साँझ ट्याक्टर पल्टिदा सोही ट्याक्टरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय १८ वर्षिय आरे भनेर चिनीने आइते प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जानएको छ । मनहरीबाट बालुवा लिएर चैनपुरतर्फ जाँदै गरेको ना ४ त ३९६० नम्बरको ट्याक्टर हिजो साँझ पौने ७ बजे पल्टिएको थियो । त्यस्तै, मकवानपुरको बाग्मती गाउँपालिका ७ मा हिजो साँझ मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय अमर घलान रहेका छन् ।

उल्लेखित घटनामा मोटरसाइकल आफै पल्टेकाले बीमा दावी भुक्तानी हुने सम्भावना कम छ भने थानकोटस्थित काठमाडौंमा भएको घटनामा बेपत्ता ट्रक फेला पारेपछि तेस्रो पक्ष बीमा दावी पर्न सक्ने देखिएको छ ।

यसैबीच, ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २३ जना सवारी चालकलाई हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ । सडक तथा फुटपाथमा पार्किङ गर्ने २६० जना, सडक लेन उल्लङ्घन गर्ने ११९ जना र ढोका खुल्लै राखेर सार्वजनिक सवारी साधन चलाउने १४७ जना सवारी चालक रहेका छन् । यस्तै मदिरा पिएर सवारी साधन चलाउने ८९ जना, अनावश्यक हर्न बजाउने ७६ जना र गति सिमा निर्धारण गरिएको स्थानमा बढी गतिमा सवारी चलाउने २५ जना सवारी चालकलाई पनि हिजै ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS