Prabhu Life Ad Final

युनाइटेड फाइनान्सको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डाहरु

IME PAY

काठमाडौं । युनाइटेड फाइनान्सले पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे शुरु हुने फाइनान्सले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश पाउन तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन ।

NCHL

सभामा सञ्चालक समितिबाट सिफारिस भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, भारतको मुत्तूट फाइनान्सबाट सञ्चालक समितिमा १ जना प्रतिनिधित्व रहनेबाहेक संस्थापक शेयरधनीको तर्फबाट ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित लगायतका एजेण्डाहरु रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x