IME Life

राष्ट्रपति भण्डारीद्वारा देशको अर्थतन्त्रका बारे नेताहरुसँग छलफल

SPIL
NIC ASIA

काठमाडौं । संविधानले संवैधानिक हैसियतमा राखेको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार विहान आफ्नो निवासमा देशको अर्थतन्त्रका बारेमा सत्ताधारी नेकपा सम्बद्ध नेताहरुसँग छलफल चलाएकी छिन् ।

राष्ट्रपति भण्डारीको संयोजकत्वमा शनिबार विहान ९ः०० बजे ‘नेकपाको सामाजवादी अर्थतन्त्र’ भन्ने विषयमा दुई घण्टाभन्दा लामो समय छलफल चलाएको सो छलफलमा सहभागी एक नेताले बताए ।

Prabhu
Crest

छलफल कार्यक्रममा नेकपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरु घनश्याम भुषाल, वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र देवेन्द्र पौडेललगायतको सहभागी भएको सुत्रको दावी छ ।

राष्ट्रपति भण्डारीले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध आर्थिक क्षेत्रमा ज्ञान राख्ने सीमित नेताहरुलाई राखेर समाजवादी अर्थव्यवस्थाका बारेमा छलफल चलाएकी हुन् । शनिबारको छलफल कार्यक्रममा नेकपाले कस्तो आर्थिक नीति लिनुपर्छ भन्ने सैद्धान्तिक छलफल भएको जनाइएको छ । सरकारको अर्थनीति तथा विद्यमान समाजवादी अर्थनीतिको खाकाका विषयमा राष्ट्रपति चासो राखेकी थिईन् ।

संवैधानिक राष्ट्रपतिले समाजवादी अर्थव्यवस्थाका बारेमा छलफल भएको विषयमाथि कुनै पनि दलबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS