Prabhu Life Ad Final

शाइन रेसुङ्गा बन्यो राष्ट्रिय स्तरको विकास बैंक

IME PAY

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाइन रेसुङगा विकास बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकको लागि स्वीकृत दिएसँगै विहीबार (मंसिर २६ गते)देखि राष्ट्रिय स्तरको कारोबार सुरु गरेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक २०६५ सालमा तीन जिल्ला कार्य क्षेत्र विकास बैंकको रुपमा स्थापना भएको थियो । बैंकले यसैविचमा अन्य चार वटा साना विकास बैंकलाई प्राप्ती गरिसकेको छ ।

NCHL

बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले २०६९ सालमा गुल्मीको रेसुङ्गा डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछी शाइन रेसुङ्गाको नामबाट १० जिल्ले विकास बैंकको रुपमा कारोबर सुरु गरेको थियो ।

त्यस्तै, २०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको बैंकले गत २०७६ असोज २७ गतेदेखि पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई एक्वायर गरेपछि राष्ट्रिय स्तरको लाइसेन्सको लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो ।

सोही अनुरुप राष्ट्रिय स्तरको विकास बैंकको कारोबारका लागि नेपाल राष्ट्र बैंकले हिजो स्वीकृती दिएसँगै राष्ट्रिय स्तरको कारोबार शुरु गरेको हो ।

हाल बैंकको ४ अर्ब माथि प्राथमिक पुँजी रहेको छ भने चुक्ता पुँजी २ अर्ब ६२ करोड रहेको छ । त्यस्तै, हालसम्म बैंकले विभिन्न ७१ वटा शाखा, २ वटा एटीएम नेटवर्क मार्फत आधुनीक बैंकिङ सेवा प्रदान गरीरहेको छ

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x