कुमारी बैंकको नयाँ शाखा मेलम्चीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक स्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखा उद्घाटन मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारी, बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली लगायतको उपस्थिति थियो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।

हालसम्म बैंकले देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार