मञ्जुश्री फाइनान्सद्धारा साढे ११% लाभांश प्रस्ताव

काठमाडौं । मञ्जुश्री फाइनान्सले ११ दशमलव ५५ प्रतिशत लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीको हिजो साझ बसेको संचालक समितिको बैठकबाट गत आर्थिक वर्षको संचिती नाफाबाट आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले ९ दशमलव ८० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ७५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार