IME Life

बचतमा फाइदा, मुद्दतिमा घाटा, ऋणमा झन् काइदा, २०१९ मा भारित औषत ब्याजदरको समग्र अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको बचत खातामा निक्षेप जम्मा गर्दा रकमधनीले गत वर्षको तुलनामा यस वर्ष निकै लाभ पाएको देखिएको छ । सन् २०१८ को तुलनामा २०१९मा केही लाभप्रद देखिएको हो । सन् २०१८ अक्टोबर र अहिले सन् २०१९ अक्टोबरसम्मको एक वर्षको अवधिमा वचत खातामा रकम राख्नेले झण्डै एक प्रतिशत बढि ब्याज पाएका छन् । सन् २०१८ को अक्टोबर महिनामा वाणिज्य बैंकहरुको वचत खातामा दिने भारित औसत दर ४ दशमलव २९ प्रतिशत रहेको थियो भने अहिले २०१९ को अक्टोबर महिनासम्म आउँदा सो दर ५ दशमलव ०९ प्रतिशत पुगेको हो ।

तथ्याङ्क अनुसार बचत खातामा दिने ब्याज बढेपनि मुद्दती निक्षेपको व्याज भने घटेको छ । अक्टोबर २०१८ मा वाणिज्य बैंकहरुले मुद्दती खातामा दिएको भारित औसत व्याज दर १० दशमलव २५ प्रतिशत थियो भने २०१९ को अक्टोबर महिना सम्म आउँदा सो दर ९ दशमलव ७८ प्रतिशतमा सीमित हुन पुगेको छ ।

Prabhu
Crest

बचतको ब्याज भने बढेको छ । समग्रमा निक्षेपको व्याज भने वृद्धि भएको छ । अक्टोबर २०१८मा वाणिज्य बैंकहरुले निक्षेपमा दिएको भारित औसत व्याज दर ६ दशमलव ५७ प्रतिशत थियो भने २०१९ को अक्टोबर महिना सम्म आउँदा सो दर ६ दशमलव ७५ प्रतिशत पुगेको छ ।

बेस रेट र कर्जाको व्याज दुवै घट्यो–
यो एक वर्षको अवधिमा आधार व्याज दरमा गिरावट आएको छ । सन् २०१८ अक्टोबरमा औसत आधार व्याज दर १० दशमलव २३ प्रतिशत रहेकोमा २०१९ अक्टोबर महिना आउँदा सो दर ९ दशमलव ५६ प्रतिशतमा झरेको छ । त्यस्तै कर्जाको व्याज दर पनि घट्न सफल भएको छ । सन् २०१८ अक्टोबरमा १२ दशमलव २६ प्रतिशत रहेको भारित औसत कर्जा दर अहिले २०१९ अक्टोबर आउँदा ११ दशमलव ९८ प्रतिशत पुगेको छ ।

तथ्याङ्क श्रोतः नेपाल राष्ट्र बैंक

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS