लक्ष्मी लघुवित्तको आठौँ वार्षिक साधारण सम्पन्न

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारण सम्पन्न भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो । सभामा संस्थाले २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट लक्ष्मीले १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि तथा आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साथै, सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार