Prabhu Life Ad Final

एजेन्सी म्यानेजर जेनी घिसिङको यात्राः काभ्रे कोशीपारीदेखि सेल्फ कोड टपरसम्म

IME PAY

फाइनान्समा एकाउटेण्टको जागिर । जागिरसँगै व्यापार, व्यवसाय पनि । जेनी घिसिङ आफु व्यस्त हुने दैनिकी भन्दा केही फरक खालको नयाँ दैनिकीको खोजिमा थिईन् ।

जागिर गर्दा समयको परिधिमा बस्नुपर्ने वाध्यता भन्दा भिन्नै खालको जागिर गर्ने सोच थियो उनको । घरपरिवारलाई पनि समय दिन सकियोस्, स्वतन्त्र पेशा होस्, आम्दानी पनि होस् भन्ने पार्ट टाइमको पेशा चाहिएको थियो घिसिङलाई ।

NCHL

उनको यस्तो सोचलाई पूरा गरिदियो नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले । मनमा स्वतन्त्र पेशा अपनाउने मनसाय लिएर हिडेकी जेनिले पाईन् जीवन बीमा अभिकर्ता पेशा । जुन पेशा उनले सोचे जस्तो पेशा भईदियो ।

अभिकर्ता पेशामा लागेपछि घिसिङको जीवनमा धेरै परिवर्तनहरु आए । स्कुटर चढेरे हिड्ने घिसिङ जीवन बीमा अभिकर्ता पेशामा आवद्ध भए पछि कारमा अपग्रेड भईन् । जीवन बीमा अभिकर्ता पेशामा गरेको मेहनतकै कारण उनको जीवनशैली नै परिवर्तन भयो । सबै तह र तप्काका मान्छेसँग भेट्ने अवसर मिल्यो ।

बीमा अभिकर्ताको व्यवसायले जेनिको जीवनलाई धेरै सफलता दिलाएको उनको अनुभव छ । बीमा व्यवसायमा लागेकाहरुको लागि सफल उदाहरण समेत बन्न सफल भईन् उनी । साढे ३ वर्षे बीमा अभिकर्ता पेशाको अवधिमा घिसिङले कार चढ्ने हैसियतमा अपग्रेड मात्रै भइनन्, आर्थिक रुपमा सबल, सक्षम समेत भईन् ।

अभिकर्ता पेशाको यात्रा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट शुभारम्भ गरेकी घिसिङले त्यहाँ करिब डेढ वर्ष काम गरिन् । काम गर्ने शिलशिलामा उनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा पुगिन् । विगत दुई वर्षदेखि घिसिङ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध रहँदै आएकी छिन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा सेल्फ कोडबाट सबैभन्दा बढी प्रिमियम संकलन गर्ने एजेन्सीहरुमा उनको नाम एक नम्बरमा आउँछ ।

जेनी घिसिङ, सेल्फकोड प्रथम एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

काभ्रेको कोशीपारी अत्यन्तै विकट गाउँमा हुर्केकी घिसिङ छोटो समयमा नै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध एजेन्सीहरुलाई उछिन्दै नेपाल टप एजेन्सी म्यानेजर बन्न सफल भएकी छिन् । जीवन बीमा अभिकर्ता पेशामा प्रवेश गरेसँगै आफ्ना सपनाहरु पुरा हुँदै गएको घिसिङले बताईन् ।

विदेशी मुलुकहरुमा मानिस जन्मने वित्तिकै सरकारले नै जीवन बीमा गरिदिएको हुन्छ भन्ने बुझेकी जेनी भन्छिन्, “आम नेपालीहरुमा जीवन बीमाको आवश्यकता छ । तर पनि थोरै मानिस मात्र जीवन बीमाका बारेमा जानकार छन् । जो बीमाको पहुँचमा छैनन्, उनीहरुलाई बीमाको दायरामा ल्याई उनीहरुको भविष्य सुरक्षित पार्न सकौँ भनेर यो पेशा अपनाए ।”

अभिकर्ता पेशाको लाइसेन्स प्राप्त गरेपछि घिसिङले आफ्नै बीमा गरी अभिकर्ता पेशाको यात्रालाई अघि सारिन् । परिवर्तन आफैबाट गर्नु उचित ठान्दै शुरुको बीमा आफ्नै गरेको घिसिङले बताईन् । त्यसछिको बीमा भने उनले एकै पटक धेरैको गरिन् । पहिलो बीमा सहजै गर्न सफल भएपछि जेनिमा अभिकर्ता पेशामा नै केही गर्छु भन्ने हिम्मत बटुल्दै अघि बढिन्, नभन्दै सफल समेत भईन् ।

बीमा व्यवसायका मेरुदण्ड हुन बीमा अभिकर्ता । घिसिङ भन्छिन्, “बीमा कम्पनी र बीमितबीचमा विश्वासिलो एवम् दरिलो पात्रको रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । अभिकर्ताले बीमा कम्पनी र बीमितकाबीचमा पुलको काम गरेवापत बीमा कम्पनिबाट निश्चित कमिशन पाउने गर्दछन् ।”

धैर्यता र आत्मविश्वालाई साथमा लिएर हिँड्ने जो कोही पनि अभिकर्ता पेशामा सफल हुन सक्ने अनुभव जेनिसँग छ । विगत सम्झदै घिसिङले भनिन् “बीमा अभिकर्ताको लाइसेन्स लिदाँ मेरो बाबु सानै थियो । घरमा समय अनि बाबुको हेरचाहबाट बचेको समय मैले यो पेशामा दिएको थिएँ । आज सफल छु ।”

आफ्नो सफलताको पछाडि परिवारको सहयोगलाई सम्झ्दै उनले भनिन् “सायद मलाई मेरो परिवारले साथ र सहयोग नदिएको भए म यो अवस्थामा आउने थिईन होला ।”

एउटी विबाहित नारी भएर यतिछोटो समयमा नै यो सफलता हासिल गर्छु भन्ने नै थिएन उनलाई । नारीले केही गर्न सक्दैनन् भन्ने मान्यतालाई खण्डन गर्दै घिसिङले भनिन्, “नेपाली समाजमा महिलालाई केही गर्न सक्दैनन् भन्छन् तर पुरुषलाई जस्तै हामीलाई पनि अवसर दिने हो भने देश परिवर्तन गर्न सक्छौँ । ”

जेनि भन्छिन्, “बीमा व्यवसायमा आवद्ध भएका अभिकर्ताहरुमा धैर्यता, ईमान्दारिता, बोलिमा मिठासपन, समयको ख्याल गर्ने साथै काममा निरन्तरता दिन सक्ने क्षमता हुनुपर्दछ ।” बीमा बजारमा बीमा अभिकर्ता भएर काम गर्न चाहनेलाई स्वागत गर्दै पूर्णरुपमा बीमा सम्बन्धी ज्ञान लिएर मात्र यो क्षेत्रमा आउन आग्रह गरिन् ।

जेनि घिसिङ, सेल्फकोड प्रथम एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

बीमा अभिकर्ताहरु शहर केन्द्रित मात्रै हुनुहुँदैन उनले भनिन् । घिसिङ बीमा प्रस्ताव लिएर सुगम बस्ती मात्र हैन दुर्गम वस्तीका नागरिक सामु पनि पुग्छिन् । “अभिकर्ता पेशा सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशा हो । अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागेपछि सबै कुरा पाईन्छ । आर्थिक रुपमा सक्षम हुनुका साथै इज्जत, मान, प्रतिष्ठा, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ, घिसिङले भनिन् ।”

घिसिङ भन्छिन्, “थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने पेशा बीमा अभिकर्ता पेशा हो । जम्मा एक हजार ५० रुपैयाँ तिरेर अभिकर्ताको लाइसेन्स लिएपछि आफुले सकेजति आम्दानी गर्न सकिने पेशा भएकोले बेरोजगाहरुले एक पटक प्रयास गर्नुपर्ने पेशा भएको जेनीको सुझाव छ । बीमाको दायरामा नसमेटिएका नागरिकहरुलाई बीमाको दायरामा ल्याउन पाउँदा खुसी मिल्छ । आत्मसन्तुष्टी मिल्छ । यो सबै हिसाबले जीवन बीमा अभिकर्ता पेशा सामाजिक पेशा पनि हो ।”

बीमा अनिवार्य बचत, सर्वोत्तम बचत, भरपद्रो लगानीको क्षेत्र हो । “बीमा अभिकर्ता पेशा थोरै समयमा नै सफल हुने पेशा भने होईन । यो पेशामा लागेका मान्छेहरुमा आत्मविश्वाका साथै धैर्यता र काम प्रति निरन्तरता दिन सक्ने खुवी जरुरी हुन्छ ।”

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x