ग्लोबल आइएमई र जनता बैंकको एकिकृत कारोबार शुरु

काठमाडौं । आजबाट ग्लोबल आइएमई र जनता बैंकको एकिकृत कारोबार शुरु भएको छ । ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुई बैंकबीच मर्जरका लागि गत असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै, दुवै बैंकको मंसिर २ गते सम्पन्न सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

जनता बैंक मर्जरपछि बन्ने ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन् ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा ग्लोबलकोे १ः कित्ता सेयर बराबर जनताको ०.८५ सेयर स्वाप रेसियोमा मर्ज सम्पन्न भएको हो । अब जनताको १०० कित्ता सेयर हुनेले ग्लोबलको नाममा ८५ कित्ता सेयर पाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार