निर्धन उत्थान लघुवित्तको साधारण सभा पुस १३ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडकोे २१औं वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा नक्साल, काठमाडौंमा बिहान १०.३० बजे शुरु हुने संस्थाले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका मंसिर ३० गतेदेखि पुस १३ गतेसम्म बन्द रहनेछ । मंसिर २९ गतेसम्मका कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

सभामा कम्पनीले शेयरधनीहरुको लागि २५ प्रतिशत बोनस शेयर र १५ दशमलव ५३ प्रतिशत लाभांश (कर सहित) गरी कुल ४० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने प्रस्ताव रहेका छन् ।

त्यस्तै, सञ्चालक समितिका सदस्यको नियुक्ति अनुमोदन गर्ने, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने एजेण्डा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार