स्वावलम्बन लघुवित्तको साधारण सभा पुस २० गते

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १८ औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएकोे छ । मंसिर १६ गते बसेको कम्पनी संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।

सभामा गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने लगायतका विभिन्न एजेण्डा रहेको छ ।

संस्थाले गत वर्षको नाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिन लागेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार