अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन तथा शिक्षण तालिम सम्पन्न

Citizen Life Insurance Co

जाउलाखेल ललितपुर । अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक बिमोचन तथा शिक्षण तालिम सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा र कलालाई व्यवहारिक तथा अन्तरक्रियात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्यले अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक बिमोचन शिक्षण तालिम गरिएको जनाएइएको छ ।

उक्त तालिम तथा पुस्तक बिमोचन सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरमा सम्पन्न भएको जनाएको छ ।

कार्यव्रmममा डि.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी.,एस.जे लगायत काठमाण्डौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार