मंसिर २० गतेदेखि सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्सले बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ निर्जीवन बीमा अभिकर्ताको तालिम संञ्चालन गर्न लागेको जनाएको छ ।

इन्स्योरेन्सले मंसिर २० गतेदेखि मंसिर २२ गतेसम्म अभिकर्ता तालिम गर्न लागेको हो । इच्छुक व्यक्तिहरुले कम्पनीको केन्द्रिय कार्यालयमा मंसिर १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

तालिम बिहान ९:३०  देखि ५ :००  बजेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका मानव संसाधन अधिकृत रेणुका बोहराका अनुसार तालिम नेपालगञ्जमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार